काठमाडौँ, १० असार । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।
कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुन जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्। परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका हुन्।




