काठमाडौँ, असार ८ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ७ अर्ब ७० करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ११ महिनामा ९३ लाख ८६ हजार २७९ किलो अलैंची निर्यात भएको हो । यो निर्यात हालसम्मकै उच्च रहेको तथ्यांकले देखाउँछ ।
यसअघि आर्थिक वर्ष ०७७/०७८ मा ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । गत आर्थिक वर्ष ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको विभाागको तथ्यांक छ ।
कृषि मन्त्रालयको तथ्यांक (०७७/०७८) अनुसार देशभर १५ हजार ६६८ हेक्टर जग्गमा अलैंची खेती हुन्छ ।




