काँग्रेस यसरी नै चल्ने हो भने दुर्घटनामा जान्छौँ : गगन थापा

`

     २०८० आषाढ ०४ गते ७:१२

काठमाडौं, असार ४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए। उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउन पार्टीलाई फरक ढंगमा चलाउनु पर्ने जिकिर गरे।

‘कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर, देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली कांग्रेसले आफूलाई बदल्छ। बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्छ,’ उनले भने, ‘कांग्रेस अहिले जसरी चलेको छ। त्यसरी नै चल्ने हो। ठिक भएर चलेको छ भनेर मान्दैनौं भने कांग्रेस दुर्घटनामा जान्छौं। हामी जसरी चलिरहेका छौं। यो भन्दा भिन्न ढंगबाट चल्नुपर्छ। चल्न सक्छौं। कांग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं।’

उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?