काठमाडौँ महानगरले शैक्षिक मेला सञ्चालन गर्न नदिने

`

     २०८० आषाढ ०१ गते १:५१

काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन हुन नदिने भएको छ । भृकुटीमण्डपमा शुक्रवारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले रोक लगाएको थियो। काठमाडौँ महानगरले मेला सञ्चालन गर्न दिने निर्णय हालसम्म गरेको छैन।

मेला सञ्चालन गर्ने विषयमा काठमाडौँ महानगरको शिक्षा विभाग र हिसान प्रतिनिधिबीच छलफल भइरहेको छ । हालसम्म कुनै निर्णय नगरेको भन्दै महानगर प्रहरी मेला स्थलमा तैनाथ गरिएको छ।

मेलामा कक्षा १० र १२ नतिजा नआई उच्च शिक्षाका लागि भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले मेलामा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?