काठमाडौँ, जेठ ३१ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ ।
महासंघले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।यससँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो ।यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।
यस्तै, बुधबार चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।




