कोसी प्रदेशको समस्या समाधान गर्न शीर्ष नेताबिच सहमति

`

     २०८० ज्येष्ठ ३० गते २:४६

काठमाडौँ, ३० जेठ । सत्ता साझेदार दलहरुबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अशान्तिबारे सबै पक्ष बसेर निकास खोज्न पहल गर्ने निर्णय भएको छ ।

मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा दुवै समस्या समाधान गर्नेबारे छलफल भएको एक नेताले बताए ।

‘सत्तारुढ दलमै बजेटबारे देखिएको असन्तुष्टिलाई बजेटमा सक्नेजति मिलाउने र अरू विषयमा पनि मिलाएर अघि बढ्ने भन्ने सहमति भएको छ’, एक नेताले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिनुभएको छ ।’

कोशी प्रदेशमा सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतले नै कोशी प्रदेशको नाम फेर्नुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?