संसदीय सुनुवाइ समिति बैठक बस्दै

`

     २०८० ज्येष्ठ २९ गते १०:२७

काठमाडौँ, जेठ २९ । संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरुलाई वितरण गर्ने कार्यतालिका छ । यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।

सो समयमा परेका उजुरी सोमबार बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?