सुनको मूल्यमा गिरावट

`

     २०८० ज्येष्ठ २५ गते ११:४५

काठमाडौँ, २५ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?