नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस हुँदै

`

     २०८० ज्येष्ठ २१ गते ९:५३

काठमाडौँ, २१ जेष्ठ । नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ परेकाहरुको आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंका अनुसार १८ जनाको बयान शुक्रबार सकिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलास रहेको सो मुद्दाको थुनछेक बहस आजबाट सुरु हुने भएको हो ।

थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा नपठाउने टुंगो लाग्नेछ ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पक्राउ परेकाहरुमध्ये शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भएको थियो ।

३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?