काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्ने भएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण र बजेट भाषणबाट व्युँतिएको संसद् विकास कोषका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ । बैठक विराजभक्त श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा बस्ने छ ।




