काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये १९ संस्थान घाटामा देखिएका छन् ।
आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशसरण महतले त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए ।
अर्थमन्त्री महतले सार्वजनिक संस्थाको वार्षिक कार्य प्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरूमध्ये २५ वटा मात्र नाफामा रहेको बताए ।




