काठमाडौँ, १४ जेठ । मन्त्रिपषिदको आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
‘एजेण्डाबारे खुलाइएको त छैन तर बजेट, प्रमको भारत भ्रमण र गणतन्त्र दिवसका अवसरमा कैदीहरूलाई दिइने कैद छुटका बारेमा निर्णय हुने प्रबल सम्भावना हो’, ती मन्त्रीले रातोपाटीसँग भने,‘त्यसबाहेक अरू तत्काल निर्णय गर्नुपर्ने अरू विषय छैनन् ।’




