गौतम बुद्ध विमानस्थलबाट करिब ९ करोड बराबरको भन्सार असुली

`

     २०८० ज्येष्ठ १० गते ३:००

काठमाडौँ, जेठ १० । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको यो विमानस्थलबाट नियमित उडान हुन नसक्दा भन्सार महसुल असुलीमा कमजोर देखिएको हो ।

भन्सार विभागका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनासम्मका लागि ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य पाएको थियो । तर, कार्यालयले यस अवधिमा मात्र ८५ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो चैतसम्मको लक्ष्यको तुलनामा मात्र १० प्रतिशत प्राप्ति हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?