आज पनि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

`

     २०८० ज्येष्ठ ०९ गते ८:५५

काठमाडौं, जेठ ९ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रतिनिधि सभाको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो ।

नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?