दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

`

     २०८० ज्येष्ठ ०४ गते १:४९

काठमाडौँ, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई दिइएको रकममा अनियमितता भएको आरोप सिद्ध भए जेल जान तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादीका तत्कालिन लडाकुलाई दिइएको रकममा अनियमितता भएको विषय छानबिन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले लडाकुलाई दिइएको सो रकमको विस्तृत विवरण त्यति बेला रुजु गरेर नै रकम दिइएको स्पष्ट गर्दै अहिले राजनीतिक पूर्वाग्रहले यो विषय उठाउने गरिएको बताए । उनले यो विषय कहीबाट उजुरी भएर छानबिन हुदा दोषी ठहरिएमा आफु जेल जान तयार रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?