शरणार्थी प्रकरणमा जोजो मुसिन्छ सबैलाई कारबाही हुनुपर्छ : गगन थापा

`

     २०८० ज्येष्ठ ०३ गते ४:२७

काठमाडौँ, जेठ ३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई कारबाही गर्नबाट पछि हट्नु नहुने विचार व्यक्त गरेका छन् ।

यो प्रकरणको अनुसन्धानमा पार्टी जोडिन नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताउदै महामन्त्री थापाले भने – ‘यो खालको राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुसिन्छ सबैलाई कारबाही हुनुपर्छ । त्यसमा दायाँबायाँ केही पनि हुनुहुँदैन । एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतैपनि छ भने अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ । प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?