सत्तारूढ गठबन्धनका १० दलको बैठक जारी

`

     २०८० ज्येष्ठ ०२ गते ४:०८

काठमाडौं, जेठ २ । सिंहदरबारमा सत्तारूढ गठबन्धनमा रहेका १० दलको बैठक बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दलको बैठक बोलाएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत पार्टीका नेताहरू सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?