काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
आज (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाउँदै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका नेताहरुले यस्तो माग गरेका हुन् ।




