लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा नहकुल केसी नियुक्त

`

     २०८० वैशाख २६ गते ५:४९

काठमाडौँ, वैशाख २६ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नहकुल केसीलाई नियुक्त गरेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?