चालू आर्थिक वर्षको ९ महिनामा साढे २ करोडको रुद्राक्ष निर्यात

`

     २०८० वैशाख २६ गते ११:३९

काठमाडौँ, २६ बैशाख । नेपालबाट चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे २ करोड रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको छ । चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत महिनासम्मको अवधिमा २ करोड ४९ लाख रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको हो ।

यस अवधिमा ६लाख १३ हजार किलोग्राम रुद्राक्ष निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालबाट चीन, अमेरिका र भारतमा रुद्राक्ष निर्यात हुँदै आइरहेको छ । सबैभन्दा धेरै भारततर्फ १ करोड १० लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?