नेपालमा सबभन्दा नयाँ पार्टी एमाले हो : केपी ओली

`

     २०८० वैशाख २५ गते ६:११

काठमाडौँ, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबभन्दा नयाँ पार्टी र पुरानो पार्टी पनि एमाले नै भएको दाबी गरेका छन् ।

सोमबार पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्वपाप्रति संकेत गर्दै बुढो विचार बोकेर हिँड्नेहरू नयाँ हुन नसक्ने बताएका हुन् ।

‘बुढो विचार बोकेर खोलेको पार्टी कसरी नयाँ’, अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ त्यो एउटा एनेक्स हो । समाजलाई नयाँ परिवर्तनमा पुर्‍याउने कुरा चाहिं नयाँ हो । एमाले सबभन्दा नयाँ पार्टी हो ।’

ओलीले पछिल्लो समय पुराना पार्टी सकिए भन्दै हल्ला फिँजाइएको र त्यो एमालेलाई टार्गेट गरिएको पनि बताए । नयाँ पार्टीहरुलाई संकेत गर्दै उनले बोतल जुनसुकै कलरका भएपनि रक्सी उही रहेको बताए । छोटो आयु भएको चिज हलक्क बढ्ने भन्दै उनले नयाँ पार्टी तितेपाती र एमाले पिपल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?