काठमाडौँ, वैशाख २५ । प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री उपस्थित नभएपछि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले विरोध जनाएका छन् ।
बैठकमा विरोध हुन थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।




