शरणार्थी प्रकरणमा संलग्नता पुष्टि भए राजनीतिबाट बाहिर बस्ने रामहरि खतिवडाको ठोकुवा

`

     २०८० वैशाख २४ गते ५:३५

काठमाडौं, वैशाख २४ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफू संलग्न भएको पुष्टि कसैले गरिदिएमा राजनीतिबाट बाहिर निस्कने बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै खतिवडाले भने, ‘मेरो नाम र पूर्वप्रधानमन्त्रीको नाम राखेर समाचार आएका छन्, फलानाको पनि छानबिन हुनुपर्छ भनेर। यदि कहीँबाट पुष्टि भए वा म संलग्न छु भने सजाय भोगेर राजनीति जीवनबाट बाहिर जान तयार छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?