प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्छ – सांसद सुवाल

`

     २०८० वैशाख २४ गते ४:४८

काठमाडौँ, २४ बैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिएको हुनाले अब विश्वासको मत लिनुपर्ने बताएका हुन् ।

त्यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न नपाउने उनको भनाई थियो । उनले भने, ‘सत्ता गठबन्धनको बैठक बेठिक छ । ख्वप विश्वविद्यालयबारे हामीले २०७३ सालमा संसद्मा दर्ता ग¥यौँ । २०७४ मा चुनाव भएपछि अब यो काम लाग्दैन भनेपछि अहिलेसम्म ल्याइएको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?