प्रधानमन्त्रीद्वारा सुरेन्द्र आचार्य मन्त्रीमा नियुक्त

`

     २०८० वैशाख २४ गते १०:००

काठमाडौा, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?