आज सुनको मूल्य स्थिर

`

     २०८० वैशाख २२ गते १२:२३

काठमाडौं, वैशाख २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ । महासंघले बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरेको थियो । नेपाली बजारमा आज शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँको वृद्धि देखिएको छ । महासंघका अनुसार बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेकोमा आज बढेर १४ सय ५५ रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?