प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता

`

     २०८० वैशाख २१ गते २:३६

काठमाडौँ, बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

विहिबार सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

संबैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति जुटाउने प्रयासस्वरूप छलफल भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?