सरकारसँगको छलफल सकारात्मक भयो – महावीर पुन

`

     २०८० वैशाख १७ गते २:४०

काठमाडौँ, बैशाख १७ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसँगको छलफल सकारात्मक भएको बताएका छन् । आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा वार्ता टोली बनाउने र सोमबारभित्र सहमति गर्ने समझदारी बनेको उनले जानकारी दिएका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनसहितको टोलीबीच सिंहदरबारमा आज छलफल भएको थियो ।

पुनले छलफल पछि आफूले उठाइरहेका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको बताएका छन् ।

उनले भने – दुवै तर्फबाट वार्ता टोली बनाउने सहमति भएको छ। आज अपरान्ह ५ बजेसम्म टोली गठन गर्ने र राति वा भोलिसम्म आन्दोलनको माग पुरा सहमति भएको छ । छलफल अहिलेसम्म सकारात्मक देखिएको छ ।

पुनले विभिन्न माग राखेर माइतीघर मण्डलामा शुक्रबारदेखि चौबिसै घण्टा बसेर धर्ना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?