संसद् बैठक सुरु भए लगत्तै एमाले सांसदको विरोध

`

     २०८० वैशाख १५ गते २:१५

काठमाडौँ, बैशाख १५ । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोधको संकेत गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।

यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारलाई दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताए ।

साथै माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्न थालिएको भन्दै एमालेले सरकारको विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?