ओलीलाई लक्षित गरेर ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौं : गृहमन्त्री

`

     २०८० वैशाख १३ गते ४:५२

काठमाडौं, वैशाख १३ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी ढुंगा प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गरिसकिएको बताएका छन्।

प्रतिनिधि सभा बैठकमा बुधबार बोल्दै गृहमन्त्री श्रेष्ठले झापामा ओलीलाई लक्षित गर्दै ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए।

एमाले प्रमुख सचेतक पदम गिरीले झापामा आज अध्यक्ष ओलीमाथि सत्ता गठबन्धनकै कार्यकर्ताको घुसपैठमा दुर्व्यवहार भएको संसदलाई जानकारी गराएका थिए। ओलीमाथि अभद्र व्यवहार र ढुंगामुढा भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?