झापामा ओलीको विरोध गरिएको भन्दै एमालेको संसदमा आपत्ति

`

     २०८० वैशाख १३ गते ३:३७

काठमाडौँ, बैशाख १३ । अध्यक्ष केपी शर्मा ओलीको विरोध भएको भन्दै नेकपा एमालेले संसदमा आपत्ति जनाएको छ ।

प्रतिनिधिसभामा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओली पार्टीको कार्यक्रममा गइरहेका बेला विरोध गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

गिरीले भद्रपुरविमानस्थलबाट बुधबारे कार्यक्रम स्थलमा पुग्ने क्रममा अध्यक्ष ओलीविरुद्ध होहोल्ला गरेको र कार्यक्रम विथोल्न खोजेको भन्दै यसमा सत्ता पक्षका कार्यकर्ताको घुसपैठ भएको आरोप लगाएका छन् ।

गिरीले शान्ति स्थापना गर्ने काम सत्ता पक्षको भएको बताउदै प्रतिपक्षलाई नजिस्काउन चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?