राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित

`

     २०८० वैशाख १३ गते २:०४

काठमाडौँ, बैशाख १३ । एमाले सांसदको विरोधपछि राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।

अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?