चितवन-२ को मतगणना सुरु

`

     २०८० वैशाख ११ गते २:४३

चितवन, बैशाख ११ । चितवन-२ मा उपनिर्वाचनको मतगणन सुरु भएको छ । दिउँसो २ बजेपछि मतगणना गर्ने सहमतिअनुसार सुरु भएको हो ।

यस क्षेत्रमा इच्छाकामना गाउँपालिकाबाट मतगणना शुरु भएको छ ।

मुख्य निर्वाचन कार्यालय चितवनले मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा तारजाली र सिसि क्यामरा जडान गरेको छ । आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?