काठमाडौँ, बैशाख ५ । सहरी विकास मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपाय अबलम्बन गरेको हो ।
महानगरका मेयर बालेन्द्र शाह ुबालेनु को निर्देशनपछि चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठाइएको छैन । बालेनले आफ्नो काममा संघीय सरकारले सहयोग नगरेको फेहरिस्त सार्बजनिक गर्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।
महानगरले फोहोर नउठाउने भनेपछि मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको जानकारी दिएको छ ।




