काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चितवनमा कांग्रेसका कार्यकर्ताहरुले दायाँबायाँ नगरी रुखमा मतदान गर्न आग्रह गरेका छन्।
उनले रुखमा मतदान गर्न नसक्ने भए अहिले नै स्पष्ट भन्न आग्रह गर्दै भने, ‘बाहिर-बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्नुस्। एकजना पनि कांग्रेसका साथीले दायाँबायाँ-तलमाथि नगर्नु होला। मैले सधैँ भन्दै आएको छु, म भगवानमा विश्वास गर्ने मान्छे हुँ। जसको मनमा हरि छ, अरूले नदेखे पनि हरिले देखेको हुन्छ। बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन्।’




