काठमाडौँ, ०३ बैशाख । सर्वोच्च अदालतमा गत वर्ष ५८.८२ प्रतिशत मुद्दा फर्स्योट गरिएको छ । सर्वोच्च र मातहत अदालतहरूमा गत वर्षबाट जिम्मेवारी सरेको १ लाख ४४ हजार ५२७ समेत कूल ४ लाख ५ हजार ६९ मुद्दामध्ये २ लाख ३८ हजार २६९ मुद्दा फर्स्योट गरिएको हो । अझै पनि १ लाख ६६ हजार ८०० बाँकी रहेको छ।
महालेखापरीक्षकको साठिऔँ वार्षिक प्रतिवेदन २०७९ का अनुसार सर्वोच्चबाट प्राप्त विवरणअनुसार २०६५ /६६ देखि २०७६/७७ सम्म सर्वोच्च अदालतमा मात्र २ वर्ष नाघेका मुद्दा, रिट निवेदनर प्रतिवेदनको सङ्ख्या १७ हजार २०९ रहेको छ। अदालतले बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना बनाई पुराना मुद्दा फर्स्योटलाई प्राथमिकता दिई २ वर्षमा फर्स्योट गर्ने लक्ष्य राखे पनि लामो समयसम्म फर्स्योट हुन नसकेको अवस्था देखिएको प्रतिवेदनमा औँल्याइएको छ ।




