खराब मौसमका कारण पोखरा उडान अवरुद्ध

`

     २०७९ चैत्र ३० गते ३:५२

काठमाडौँ । खराब मौसमका कारण बिहीबार काठमाडौं-पोखरा उडान अवरुद्ध भएका छन्। दिउँसो १२:१० बजेदेखि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। उडान अवरुद्ध भएसँगै यात्रुहरू अलपत्र परेका छन्।

हाल बुद्ध, यति, सौर्य, श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्दै आइरहेका छन्। यसमध्य बुद्ध एयरले मात्र रात्रीकालिन उडान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?