सुर्खेत, चैत २४ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले शुक्रबार सुर्खेत आएका शर्माले पत्रकारहरुसँग कुरा गर्दै अब सरकारले गति लिने बताएका छन्।
‘विभिन्न विषयमा गरिएका सहमतिको कार्यान्वयन र सरकार विस्तार गर्ने क्रममा संघीय सरकारका १०० दिन बिते,’ उनले भने, ‘अब सरकारको न्युनतम साझा कार्यक्रम पनि आइसकेको छ, कामले गति लिन्छ।’
उपमहासचिव शर्माले केन्द्रमा कांग्रेसले मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको बताए।




