एसइई दिने १ सय १६ नक्कली परीक्षार्थी पक्राउ

`

     २०७९ चैत्र २३ गते ११:५६

काठमाडौँ, चैत २३ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी इए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?