प्रधानमन्त्रीलाई बुझाइयो सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल

`

     २०७९ चैत्र २२ गते ५:५९

काठमाडौं, चैत २२ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधीन रासायनिक मल कारखानाको फाइल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै पुगेर पाण्डेले उक्त फाइल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

आफू मुख्यमन्त्री रहेका बेला पाण्डेले थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

उद्योग स्थापनाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ स्थित बागमती नदी किनारको ३८६ बिघा जग्गासमेत छनोट समेत भैसकेको छ।

त्यस्तै, प्रदेश सरकारको मन्त्रिपरिषदबाट उक्त विषयमा निर्णय भई औद्योगिक क्षेत्र निर्माणका लागि हाल सम्भाव्यता अध्ययन सम्पन्न भई हाल कारखाना निर्माण कार्य अघि बढिरहेकाले केन्द्र सरकारको तर्फबाट आवश्यक पहल गरिदिन आग्रहसहित प्रधानमन्त्रीसमक्ष फाइल हस्तान्तरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?