बारा–२ मा उपेन्द्रलाई गठबन्धनका ५ दलको समर्थन

`

     २०७९ चैत्र २१ गते ११:२४

काठमाडौं, २१ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका पाँच दलको समर्थन हुने भएको छ । उपेन्द्रलाई आफ्नो पार्टी जसपा, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा समर्थन गरेका हुन् । बारा–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका रहेको छ । सोही अनुसार हिजो (सोमबार) मनोनयन दर्तासमेत भइसकेको छ ।

बारा– २ मा उपेन्द्रलाई सत्ता गठबन्धनका पाँच दलको समर्थन रहेको जसपा केन्द्रीय प्रचार विगाभ प्रमुख पूर्ण बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?