पूर्वाञ्चल विश्वविद्यालयले अर्को वर्षदेखि एमबीबीएसको अध्यापन सुरु गर्ने

`

     २०७९ चैत्र १९ गते १:३५

काठमाडौँ, चैत १९ । पूर्वाञ्चल विश्वविद्यालयले अर्को वर्षदेखि एमबीबीएसको अध्यापन सुरु गर्ने भएको छ । एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयलले अर्को वर्षबाट विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गराउने भएको हो ।

कक्षा सञ्चालनका लागि विश्वविद्यालयले शिक्षक राख्ने प्रक्रिया भने सुरु गरेको छ । विश्वविद्यालयको चिकित्साशास्त्र संकायले करारमा शिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको विश्वविद्यालय मेडिकल संकायका निमित्त डिन नविन लामिछानले बताए ।

डिन लामिछानलेका अनुसार ७५ जना विद्यार्थीको कोटा लिएर अध्यापन गराउने विश्वविद्यालयको तयारी छ । चिकित्सा शिक्षा आयोगको मापदण्ड पूरा गर्नका लागि पहिलो चरणमा विश्वविद्यालयले १८ जना शिक्षकका लागि विज्ञापन खुलाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?