प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूलाई भेट्ने

`

     २०७९ चैत्र १७ गते ३:०५

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितहरुसँग भेटवार्ता गर्ने भएका छन् ।

उनीहरुले मिटरब्याजी विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । सरकारले मिटरब्याज पीडितहरुको माग बुझ्नको लागि चार सदस्यीय समिति गठन गरेको थियो । समितिका पदाधिकारीले पीडितहरुसँग समन्वय गरेर आज बेलुका प्रधानमन्त्री प्रचण्डलाई भेटाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?