काठमाडौं, चैत १७ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिन लागेका हुन्। राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन्।




