अविश्वासको चक्र बढ्दो छ, राजनीतिप्रति र सरकारप्रति : ओली

`

     २०७९ चैत्र १६ गते ३:१९

काठमाडौँ, १६ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता र स्वाधीनता अत्यन्त कमजोर भएको बताएका छन् ।

‘जहाँ राजनीति छताछुल्ल र भताभुङ्ग छ । अविश्वासको चक्र बढ्दो छ, राजनीतिप्रति र सरकारप्रति’, ओलीले भने, ‘विश्वसनीयताको प्यारा मिटर तल झरेको झर्यै छ । तर मान्छेको सरम पचाउने क्षमता पनि वृद्धि भएको देखिन्छ । समाज अधोगति र देशको अर्थतन्त्र बिग्रेको बिग्रै छ ।’ अध्यक्ष ओलीले हाम्रो स्वतन्त्रता अप्ठेरो स्थितिमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डता र भूमि खुम्चिँदो तथा सीमा मिचिँदो अवस्थामा रहे पनि सरकार मौन रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?