काठमाडौँ, चैत १५ । सत्ता साझेदार गठबन्धनको आजको दोस्रो बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बलुवाटारमा जारी रहेको बैठक मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपालाई २-२ मन्त्रालय दिने भनेपनि उनीहरुले ३-३ मन्त्रालयमा आफ्नो अडान लिएका छन् । एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै नेपाली कांग्रेसले आफुले ८ मन्त्रालय पाउनु पर्ने अडान राखेको छ ।




