रास्वपा पनि सरकारमा सहभागी हुने

`

     २०७९ चैत्र १२ गते १२:३०

काठमाडौं, १२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीपनि सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोस्रो पटक पनि विश्वासको मत दिएको रास्वपा यसअघि सरकारबाट बाहिरिएको थियो । तर, नयाँ परिस्थितिअनुसार सहकार्य गर्न प्रधानमन्त्री दाहालले राखेको प्रस्तावप्रति रास्वपाका सभापति रवि लामिछाने सकारात्मक देखिएसँगै सत्ता–सहकार्य पनि हुन लागेको हो ।

प्रधानमन्त्री दाहालले भोलि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि दलहरुले आजै मन्त्रीहरुको नाम दिनुपर्नेछ । प्रधानमन्त्री दाहालले रास्वपालाई तीन मन्त्रालय अफर गरेका छन् । त्यसमा रास्वपाको नेतृत्व सकारात्मक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?