लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारी

`

     २०७९ चैत्र ०९ गते १:३५

काठमाडौँ, ९ चैत्र । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारीसहित सरकारमा सहभागी पाँच दलको बैठक कपिलवस्तुमा बस्ने भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोपसा र ३ स्वतन्त्र सासंदले समर्थन फिर्ता लिने बिषयमा छलफल हुने बताइएको छ ।

दिउँसो बस्ने बैठकमा समर्थन फिर्तासहित सरकारको नेतृत्व बारेमा छलफल हुन लागेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेत राजकुमार चौधरीले जानकारी दिए । बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस समेत सहभागी हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?