जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको भ्रमणमा

`

     २०७९ चैत्र ०८ गते १२:१४

काठमाडौँ, चैत ८ । जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको भ्रमणमा छन् । युक्रेनको कीभमा उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरेका छन् ।

भेटका क्रममा किशिदाले रुस-युक्रेन युद्धमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरे । यसै क्रममा उनी किभ नजिकैको बुचा सहर पनि पुगे । यहाँको नरसंहारमा रुसी सैनिकमाथि ४१० सर्वसाधारणको हत्या गरेको आरोप छ ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किशिदाले युक्रेनलाई ४७ करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् । यो पैसा युक्रेनको ऊर्जा क्षेत्र र अन्य उद्योगहरूको विकासमा प्रयोग गरिनेछ । यसबाहेक जापानले युक्रेनलाई गैर-घातक हतियार खरिद गर्न नाटो ट्रस्ट फण्डबाट ३ करोड डलर दिने घोषणा गरेको छ ।

किशिदाले भने ‘जापान युक्रेनको साथमा छ र हामी उनीहरूलाई सहयोग गरिरहने छौँ । एक वर्षअघि बोचामा निर्दोष नागरिकको हत्या भएको देखेर विश्व स्तब्ध भएको थियो । आज जब म यी ठाउँहरूमा जान्छु, मलाई यो अत्याचार देखेर रिस उठ्छ ।’

जेलेन्स्कीले भने ‘किशिदा अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम गर्नका लागि शक्तिशाली डिफेन्डर हुन् । उनको भ्रमण जापान र युक्रेनबीचको मित्रताको प्रतीक हो ।’

जापानले मे महिनामा हिरोसिमामा जी-७ शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ। यस शिखर सम्मेलनमा प्रधानमन्त्री किशिदाले जेलेन्स्कीलाई निम्तो दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?