सरकारमा जाने तयारी गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

`

     २०७९ चैत्र ०७ गते १:४५

काठमाडौँ, चैत्र । नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको छ । मंगलबार केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो ।

कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?